काठमाडौं, असोज १९ । आईसीसी वुमन्स वल्र्ड कप क्वालिफायर क्रिकेट– २०१६ मा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोली हङ्कङतर्फ प्रस्थान गरेको छ ।1

रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन् ।

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म हुने क्वालिफायरमा नेपालसहित हङकङ, चीन र थाइल्यान्ड गरी ४ राष्ट्रले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा शीर्ष स्थान हात पार्ने टोलीले ‘ग्लोबल क्वालिफायर’ मा खेल्ने अवसरमा पाउने छ । नेपालले आफ्नो पहिलो खेल हङकङ विरुद्ध अक्टोबर ९ मा खेल्नेछ ।
नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात तथा व्यवस्थापकमा राखेपकी सदस्य अस्मिता गुरुङ रहेका छन् ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्य–सचिव विष्टले देशवासीलाई खुशी तुल्याउन नेपाली टोलीका लागि क्वालिफायर सुनौलो अवसर भएको धारणा व्यक्त गरे ।}