बाबुरामलाई पनि थुन्यो पृथ्वी राजमार्गको पहिरोले, फोनबाटै गरे सम्बोधन

कठमाडौं, असोज २० । नयाँ शक्ति नेपालले गोरखामा आयोजना गरेको दसैँको शुभकामना आदान प्रदान कार्यक्रमा सहभागी हुने क्रममा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई पृथ्वीराजमार्गको पहिरोमा रोकिए ।
जमार्गको तनहुँस्थित आँबुखैरेनी–मुग्लिन सडकखण्डको ऐनापहरामा बिहीबार विहान ८ बजे पहिरो झरेको थियो । उनी विहान ९ बजेदेखि बाटोमै रोकिएका थिए । गृहजिल्ला गोरखामा आयोजित कार्यक्रमलाई भट्टराईले फोनबाटै सम्बोधन गरेका थिए । भट्टराईले करिब साडे १ बजे बाटो नखुले पछि कार्यक्रमलाई फोन वाटै सम्वोधन गरेका हुन् ।bb
उनले मोबाइलबाट १५ मिनेट सम्बोधन गरेर बिच बाटोबाटै काठमाडौं फर्किएका हुन । भट्टराईले ‘संविधान संशोधन गरेर जतिसक्दो छिटो संबिधान कार्यान्वयनमा जानु पर्ने प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको ब्यवस्था गर्नु पर्ने बताए । देश विकासका लागि स्थिर सरकार आवश्यक पर्ने बताउदै उनले अस्थिर सरकारले देश विकास गर्न नसक्ने जिकिर गरे ।}

Loading...