एजेन्सी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले क्यानडाको संसदलाई सम्बोधन गरेका छन् । नेपालका मन्त्रीले क्यानडामा संसदलाई सम्बोधन गरेको यो पहिलो पटक हो ।
अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ३९ औं महासभामा भाग लिन आएका मन्त्री जीवनबहादुर शाहीले क्यानाडाको हाउस अफ कमन्सको सदस्य जेन ट्याङको निमन्त्रणामा यो अवसर पाएका हुन् ।canada
पर्यटन मन्त्री शाहीको उपस्थितिमा पहिलो पटक नेपाल(क्यानाडा संसदीय मैत्री संघको पनि गठन भएको छ । क्यानडाको तल्लो सदन हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा नेपाल(क्यानाडा संसदीय मैत्री संघ को गठन भएको हो ।
क्यानडाको संसदका उप(सभामुख ब्रुस स्टान टनको अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य जेन ट्याङ को अध्यक्षतामा ७ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । अध्यक्ष चुनिएपछि संक्षिप्त मन्तव्य दिँदै ट्याङ्गले अन्य कुराका अतिरिक्त दुई देशबीचको व्यापार र पर्यटन प्रवर्दनमा योगदान गर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पर्यटन मन्त्री शाहीले नव गठित कार्यकारी समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभ(कामना दिए । मन्त्री शाहीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासका लागि मार्ग प्रसस्त गरेको उल्लेख गरे ।
उनले नेपाल(क्यानाडा मैत्री संघको गठनबाट दुई देशका संसदका सदस्यहरुबीच पारस्परिक सम्बन्ध विस्तार, संसदीय कार्यानुभव र भ्रमणहरुको आदान(प्रदान तथा जनस्तरको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे । साथै, शाहीले दुई देशबीचको व्यापार, लगानी र पर्यटन प्रवर्दनमा समेत संसदीय मैत्री संघको गठनले महत्वपूर्ण योगदान र्पुयाउने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै क्यानाडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले नेपाल(क्यानाडा संसदीय मैत्री संघ गठन गर्ने आफ्नो प्रयासमा सहयोग गर्दै कार्यक्रममा उपस्थित भएकोमा सबै संसद तथा सिनेटका सदस्यहरुलाई धन्यवाद दिए ।
उनले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भए देखि सुमधुर रहँदै आएको नेपाल(क्यानडा सम्बन्ध संसदीय मैत्री संघको गठनले अरु फराकिलो हुने विचार व्यक्त गरे}