सर्पदंशबाट छोराको मृत्यु भएकोमा मुद्दा दायर

मेलबोर्न, २० असोज । तीन वर्ष अघि सर्पदंशका कारण मेलबोर्नमा बस्दै आएकी एकचालिस वर्षिया एउटी चिनियाँ महिलाको छोरोको मृत्यु भएकोमा हाल आएर उनले अस्ट्रेलियाली सरकार र अर्को एक व्यापारिक संस्थाविरुद्ध मुद्दा दायर गरेकी छिन् । snake

स्थानीय मेलबोर्न स्कूलमा अध्ययनरत उनको सात बर्षीय वालक छोरोलाई सन् २०१३ को अक्टोबरमा उसको विद्यालयले शैक्षिक भ्रमणको क्रममा मेलबोर्नबाट दक्षिणपूर्व ५० किलोमिटर टाढा पर्ने माउण्ट मोर्टन क्याम्पमा लिएर गएको थियो ।
दुर्भाग्यवश त्यहाँ एउटा सर्प (इस्टर्न ब्राउन स्नेक) ले टोकिदिएको कारण शरीरभरी बिष फैलन जाँदा मुटुको गति अवरुद्ध भएर स्थानीय रोयल चिल्डे«न्स हस्पिटलमा बालकको मृत्यु भएको थियो । विश्वमा पाइने बिभिन्न प्रजातिका बिषालु सर्पमध्ये अस्ट्रेलियाली इस्टर्न ब्राउन दोस्रो श्रेणीमा पर्दछ ।
सरकारले सरीसृप वन्यजन्तुको भरपर्दो व्यपस्थापन गर्न नसकेको आरोप लगाउँदै हाल आएर ति चिनियाँ महिलाले अस्ट्रेलियाली सरकारविरुद्ध मुद्दा दायर गरेकी छिन् । साथै, अतिथिको समुचित सुरक्षा गर्न लापरबाही गरेको आरोपमा उनले माउण्ट मोर्टन क्याम्प सञ्चालक कम्पनीलाई पनि विपक्षी बनाई छुट्टै मुद्दा दायर गर्दैछिन् ।
सरकार विरुद्ध इलाका अदालत (काउन्टि कोर्ट अफ भिक्टोरिया) मा दायर गरेको मुद्दाको फिरादपत्रमा छोरोको मृत्युशोकले गर्दा उनको सोच, बिचार गर्ने क्षमतामा ह«ास आई आयआर्जन समेत स्वाट्टै झरेको कारण देखाई सो को क्षतिपूर्ति बापत ठूलै रकम माग दावी गरिएको स्थानीय सञ्चार माध्यम फेयरफ्याक्सले प्रकाशन गरेकको छ ।
भिक्टोरिया काउन्टि कोर्टले साधारणतया ७६ हजार अमेरिकी डलर भन्दा बढी रकमका बादिदावी सम्बन्धि सबै खाले देवानी मुद्दा निरुपण गर्ने गर्छ । रासस ÷सिन्ह्वा

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...