लोकमानको घरमा सूचना टाँस्न सर्वोच्चको टोलि आज पनि जाँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीलाई हाजिर हुने सूचना टाँस्न सर्वोच्च अदालतका कर्मचारीको टोलि आज पुन उनको घरमा जाने भएको छ ।
सर्वोच्च टोली बिहीबार जाने तयारीमा लागेको एक कर्मचारीले बताए । बिहीबार पनि वडासचिव उपस्थित हुने कि नहुने हुन् भन्ने बारेमा ठोस् जानकारी नभएको ती कर्मचारीले अखबार दैनिकलाई बताए ।
साक्षी बस्नुपर्ने वडासचिव सम्पर्कमा नआएपछि बुधबार सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो । कार्कीको घर वडा नम्बर १० बानेश्वर हाइटमा छ । त्यहाँका सचिव तालिममा भाग लिन भनी गएका थिए । सर्वोच्च टोलीलाई सूचना टाँस निम्ति उपस्थित हुने बताए पनि अन्तिम समयमा उनी आएनन ।lok
सर्वोच्चले कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने आदेश गरे अनुसार उनलाई हाजिर गराउन यो सूचना टाँस्न लागिएको हो । २० दिनसम्म उक्त निर्णयको औपचारिक सूचना लोकमानले छल्न खोजेपछि सर्वोच्चले घरमै सूचना टाँस्न तामेलदार शम्भु खत्रीसहितको टिमलाई पठाएको थियो ।
यस्तो सूचना सकेसम्म व्यक्तिलाई बुझाउनुपर्ने, व्यक्ति नभेटिए उसको घरको मानिसलाई बुझाउन मिल्ने, उनीहरु पनि नभेटिए सबैले देख्ने गरी घर या डेराको ढोकामा टाँस गर्न मिल्छ । यसरी म्याद टाँस्दा वडा कार्यालयका सचिवको रोहवरमा टाँस्नुपर्छ । मुलुकी ऐन अदालती बन्दोबस्तको ११० नम्बरमा तामेलीसम्बन्धी व्यवस्था छ ।