गाउँमा कमेरो छ्याप्ने र रातमाटो लगाउने क्रम पनि युद्धस्तमै छ

हिन्दु नेपालीहरुको महान पर्व दसैँको रौनक सुरु भएको छ । घटस्थापानका दिन घर घरमा जमरा राखि दसैँको स्वागत पनि गरिएको छ । देशको बिभिन्न शहरमा र विदेशमा कामको सिलसिलामा गएकाहरु आफ्नो जन्मभूमि फर्किने क्रम जारी छ । दसैँका लागि घरमूलिले आफ्नो परिवारका सदस्यहरुलाई नयाँ कपडा किन्ने, खाद्यान्न किन्ने र घर रंगरोगन गर्ने क्रम चलिरहेकै छ । गाउँ घरमा घर टाल्ने, कमेरो छेप्ने, रातमाटो लगाउने क्रम पनि युद्धस्तमै छ । दसैँ र मासू एक आपसमा पर्यायबाचि पनि बन्ने गरेका छन् ।
रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु हाम्रो समाजमा धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।
खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको उनले बताए । “एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन,” उनले भने ।photo-for-article
झक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउँछन् । उनले भने,‘‘ दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने अपनाउनुपर्छ । बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ ।’’
क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उनको सल्लाह छ । मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भने दसैँमा खानै पर्छ भनी खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिन्छन् । उनले एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह दिए ।
अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने डा भट्टराईको भनाइ छ । वरिष्ठ पोषणविद् डा अरुणा उप्रेती दसैँमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउँछन् ।
उनलेले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन आग्रह गरे । “मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ,’’ उनले भने ।
यसैगरी वर्षदिनमा एक पटक आउँने दसैँलाई भन्यताका साथ मनाउन धेरै नेपालीहरु आफ्नो गच्छेलाई बिर्सेर अरुको देखासिकी गरी अत्याधिक ऋण गर्दे दसँै मनाउने गरेको पनि बिगतका वर्षहरुमा देख्ने गरिएको छ । दसँैलाई देखासिकिका रुपमा मनाउँदा दसैँ सक्किने बित्तिक्कै ऋण कसरी तिर्ने भर्ने चिन्ताले सताउने गरेको छ भने कतिपयले त ऋणको बोझ थाम्न नसकेर अत्महत्यासमेत गर्ने गरेको पाईएको छ ।
‘त्यसैले आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई…’ भन्ने पुरानो नेपाली उखान जस्तो यस वर्षको दसैँ कुनै पनि नेपालीको नबनोस् । आफ्नो थैली हेरी खर्च गर्ने बानिको विकास गर्न सकेको खण्डमा दसैँ दशा नभई एक सच्चा पर्वको रुपमा हरेक हिन्दू नेपालीले मनाउन सक्नु नैं पर्व मनाउनुको तात्पर्य हुनेछ ।
दसैँ भेटघाटको अवसर पनि हो । दसैँमा आफू भन्दा ठूलाबडाको हातबाट रातो टिका र जमरा लगाई आशिर्वाद थाप्ने चलन पनि छ । यहि रीतिलाई परम्परादेखि मानिँदै आएको छ । चाडवाडका बेला पैसा कमाउने नाममा राजमार्गका होटलहरुले पनि यात्रुलाई बासी र अखाद्य बस्तु बिक्रि बितरण गर्ने गरेका छन् । त्यस कार्यको बिरुद्धमा सरकारले प्रभावकारी अनुगमन र दोषिलाई कारबाहि गर्नुपर्ने आम सर्वसाधारणको माग रहेको छ ।
फेरी अर्को प्रमुख विषय भनेको यो होकि चाडवाडको बेला नेपाली सडकहरुमा अध्याधिक दूर्घटना हुने गरेका छन् । लामो तथा छोटो दूरीको यातायातका साधानमा सिट क्षमता भन्दा दोव्वर यात्रु हाल्ने, हुटमा उसैगरी कोचाकोच यात्रु हाल्ने प्रबृत्ति छ । यसको रोकथामका लागि यातायात विभाग, ट्राफिक प्रहरी, नागरिक समाज र समाजका अन्य प्रभुद्ध वर्गले पनि सहयोग, र जनचेतना फैलाउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ ।

Loading...