दसैँका यात्रु बोकेको बस तनहुँमा दुर्घटना, ५० जना घाइते

दमौली, असोज २०। तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा बिहीबार ग१ख ४१५३ नं को बस दुर्घटना हुँदा ५० जना यात्रु घाइते भएका छन् ।
मुग्लिनबाट दमौली आउँदै गरेको उक्त बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । बस दुर्घटनामा परी गम्भीर घाइते हुने ब्यास–५ की २२ वर्षीय पार्वती भुजेललाई पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।bus
घाइतेमध्ये अधिकांशको शरीरको विभिन्न भागमा चोट लागेको छ । गाडी उछिन्ने क्रममा उक्त बस सडकबाट चिप्लेर तल खेतमा खसेर दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...