तामेल्दारै बेपत्ता

sarbochchaकाठमाडौं, असोज २१ – अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्ने सर्वोच्च अदालतको प्रयास दोस्रो दिन पनि असफल भएको छ । सर्वोच्चबाट खटिएका तामिल्दार शम्भु खत्री बिहीबार दिनभर कार्यालयबाट सम्पर्कविहीन भएपछि म्याद नटाँसिएको हो ।

बारम्बार म्याद बुझ्न नमानेपछि सर्वोच्च प्रशासन कार्कीको घरमै सूचना टाँस्ने निश्कर्षमा पुगेको थियो । बुधबार कार्कीको निवास रहेको वडा नं. १० की सचिव सविता राई कार्यालयमा नरहेकाले म्याद टाँस्ने काम रोकिएको थियो । अदालत स्रोतका अनुसार वडा सचिव भेटिए, सचिवकै रोहवरमा र नभेटिए स्थानीयकै रोहवरमा भए पनि सूचना टाँस्ने निश्कर्षमा सर्वोच्च अदालत पुगेको थियो । तर, तामेलीको सक्कलप्रति बोकेर हिँडेका खत्री बिहीबार दिनभर सम्पर्कविहीन रहे । आजको काीन्तपुर दैनिकमा खबर छ ।