लोकमान नहट्दै गोबिन्द केसीको अनसन स्थगित

काठमाडौं, २१ असोज– त्रिवि शिक्षण अस्पतालमा विगत १२ दिनदेखि अनसनरत सोहि अस्पतालका डाक्टर गोविन्द केसीले नवौं अनसन स्थगित गरेका छन् ।
शुक्रबार साँझ पत्रकार सम्मेलन गरी केसीले माग पूरा नभएपनि अनसन स्थगित भएको घोषणा गरे । नेपालीहरुको महान पर्व दशैंलाई कारण देखाउँदै केसीले अनसन स्थगित गर्ने घोषणा गरेका हुन् । यद्यपी माग पूरा नभए दशैंको पूर्णिमालगत्तै पुनः अनसन थाल्ने केसीले बताएका छन् ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाइनुपर्ने लगायतका चारबुँदे माग राखेर केसी विगत १२ दिनदेखि अनसनमा थिए ।