अन्ततः चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण टर्यो

Xi-Jinpingकाठमाडौं, असोज २२ – चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण निश्चित गराउने विषयमा सरकार आफैं अन्योलमा परेको छ । सीले भारतको गोवा जाँदा वा फर्कंदा नेपाल भ्रमण गर्ने अपेक्षा गरे पनि तत्कालका लागि टरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
नेपाल नआउने भन्दा पनि बंगलादेश जाने तर नेपाल नआउने चिनियाँ निर्णयले आफूहरुलाई दुःखी बनाएको परराष्ट मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । ‘यसले नेपालको आन्तरिक राजनीति नै अन्योलमा पारेको छ ’, उनले भने, ‘यही विषयका कारण दलहरुबीच दोहोरी चलिरहेको छ । हामी प्रयास गरिरहेका छौं । अहिले नभए पनि पुसको अन्त्यसम्म ल्याउने प्रयासमा सरकार लागेको छ ।’ चिनियाँ राष्ट्रपति सी असोज २८ मा बंगलादेशमा पुग्ने र भोलिपल्ट गोवा जाने भएका छन् ।

} else {

Loading...