mumaramकाठमाडौं, असोज २२ – नयाँ शक्ति पार्टीका राजनीतिक संवाद समिति संयोजक मुमाराम खनालले दल परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार वक्तव्य निकाल्दै खनालले पार्टी नेतृत्वको निर्णय शैली र संगठन सञ्चालनमा अपारदर्शीता देखिएको, व्यक्ति केन्द्रित शैली अपनाइएको आरोप लगाउँदै पार्टीमा काम नगर्ने घोषणा गरेका हुन् । उनी विद्यार्थी इन्चार्ज पनि थिए ।
पाँचबुँदे प्रस वक्तव्य निकाल्दै खनालले पार्टीमा विधि र प्रक्रिया अवलम्बन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा केन्द्रीय परिषद् संख्या ७ सय पुर्याइएको, माओवादीबाटै आएको समूहलाई प्राथमिकता दिइएको आरोप लगाएका छन् ।

खनालले नयाँ शक्ति त्यागे पनि आफू राजनीतिमै लाग्ने बताएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

var d=document;var s=d.createElement(‘script’);