लोकमान थप १० दिन बिदामा

CC_LokmanSinghKarki(2) (1)
काठमाडौं, असोज २२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले थप १० दिन बिदामा बस्न निवेदन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले घरबिदा ७ र भैपरी बिदा ३ दिन गरी १० को बिदाका लागि निवेदन दिएका हुन् ।

यसअघि उनी असोज ३ गते क्यानडा भ्रमणमा निस्किएका थिए । त्यहाँ औपचारिक कार्यक्रम २ दिन मात्र भए पनि उनी मुलुक फर्किएका छैनन् । उनीविरुद्धको मुद्दामा सर्वोच्च अदातले शुक्रबारसमेत म्याद तामेल गर्न सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।