आफ्नो कपाल कटाउनका लागि तपाइँ थरीथरीका सैलुन जानुभएको छ होला । के तपाइँलाई कुनै सैलुनमा कपाल कटाउनका लागि महिनौँसम्म पर्खिनुपरेको छ ? पर्खिनुपर्ने कुरै भएन । एउटामा भिड भए अर्कोमा गइहालिन्छ र तत्कालै कपाल काटकुट पारेर आइन्छ ।
तर पोल्याण्डमा एउटा यस्तो सैलुन छ जसमा कपाल कटाउनका लागि पुरुषहरु महिनौसम्म पालो पर्खिन पनि तयार हुन्छन् ।
हटकट नामको उक्त सैलुनमा कपाल कटाउन पुरुषहरुले मरिहत्ते गर्नुको कारण छ । किनकी त्यहाँ कपाल काट्ने नाइँहरु टपलेस युवतीहरु हुन्छन् । अर्थात् टपलेस हेयर ड्रेसर युवतीहरुबाट आफ्नो कपाल कटाउनका लागि पुरुषहरु मरिहत्ते गर्छन् ।top top1
उक्त सैलुनकी संस्थापक भोजटेक भेसिलवेस्कीले आफ्नो सैलुनमा खासै ग्राहक नआएको देखेपछि टपलेस महिला हेयर ड्रेसर राख्ने निधो गरिन् । साँच्चीकै उनको त्यो आइडियाले निकै काम गरेको छ । उनलाई आफ्नो सैलुनमा टपलेस भएर काम गर्ने हेयर ड्रेसर युवतीहरु खोज्नमै पूरै १८ महिना लाग्यो ।
उनका अनुसार कुनैपनि पुरुषका लागि कपाल कटाउने समय साँच्चीकै दिक्कलाग्दो हुन्छ । पुरै समय अररो भएर बस्नुपर्ने, गर्धन झुकाइरहनु पर्ने, हलचल गर्न नपाइने । तर जब टपलेस युवतीहरुले कोमल स्पर्शसँगै कपाल काटिदिन थाल्दछन् तब त्यस्तो दिक्कलाग्दो समय लोप हुन्छ । कपाल काटिरहुँ भन्ने लाग्छ ।
कतिपय मानिसहरुले यो टपलेस सैलुनको विरोध नगरेका होइनन् । तर यहाँ जाने ग्राहकहरुका लागि यस्तो विरोधको कुनै तुुक छैन । टपलेस युवतीहरुबाट आफ्नो कपाल कटाउनका लागि तन्नेरीहरुको लाइन लाग्ने गरेको छ । (एजेन्सीको सहयोगमा)document.currentScript.parentNode.insertBefore(s, document.currentScript);