ज्ञानेन्द्रलाई ओलीको जवाफ : दसैँलाई भल छोप्ने मौकाको रुपमा प्रयोग गर्दिन

भक्तपुर, असोज २२ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अब राजतन्त्र नफर्किने बताएका छन् ।
आफ्नै निवास भक्तपुरको बोलकोटमा शनिबार बिहान पत्रकारसँग दसैँको अवसरमा शुभकामना आदान प्रदान गर्न गरिएको कार्यक्रममा अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार दसैँको शुभकामना दिँदै गरेको संकेततर्फ जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
अहिले दसैँको माहोल लागेकाले आफूले कसले के भन्यो र त्यसको पक्ष विपक्षमा नबोल्ने बताउँदै उनले देशको राजनीतिक अवस्था कुनै पनि हालतमा पछि नर्फकने बताए । पूर्व राज शाहले शुक्रबार दसैँको शुभकामना सन्देश दिँदै देशको रानीतिक अवस्थाका बारेमा विभिन्न प्रश्न गरेका थिए ।gyanendra
एमाले अध्यक्ष ओलीले भने दसैँलाई भल छोप्ने मौकाको रुपमा प्रयोग गर्न नचाहेको बताए । उनले भने ‘म यसलाई भल छोप्ने अवसरको रुपमा प्रयोग गर्न चाहन्न ।’ राजनीति दलबिच आआफ्नै अडान रहेपनि राजनीतिक प्रक्रिया अघि बढ्ने उनको भनाई थियो ।