गौशाला, असोज २२ । महोत्तरी गैँढाभेटपुर गाविसस्थित पोखरीमा डुबेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गैँढाभेटपुर गाविस–६ का रामअशिष पण्डित कुम्हारकी पत्नी ५५ वर्षीया गुरकीदेवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बडादसैँ चलिरहेका बेला दैनिक पूजाआजाका लागि पोखरीमा नुहाउनुपर्छ भन्दै गैँढाभेटपुर–७ स्थित रामजानकी मन्दिर अगाडिको सार्वजनिक पोखरीमा नुहाउन गएकी गुरकीदेवी सोही पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।pond
स्थानीयवासीका अनुसार उनी नुहाउन गएको पोखरी गहिरो रहेको र उनी नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याइएको छ ।if (document.currentScript) {