काठमाडौं असोज २२ । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इन्डोनेसियामा सम्पन्न ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिई आज स्वदेश फिर्ता भएका छन् । madhav kumar nepal
कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा गएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सो कार्यक्रममा सम्बोधन गरेका थिए । एमाले विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल यही असोज १७ गते त्यसतर्फ गएका थिए ।
सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो ।