यसरी गरौँ दसैँमा शारिरीक व्यायाम

दसैं सुरु भैसकेको छ । हप्ता भरिको दसैँ विदालाई मानिसहरुले विभिन्न किसिमले मनाउने योजना बनाईसकेका छन् । कोही दसैँ मनाउन आफ्नै गाउँ थात—थलोतिर लागि सके भने कोही छुट्टी जस्तै मनाउन देश भित्र र वाहिर जाने योजना बनाइरहेका छन् । कोही गैसकेका पनि छन् । जे जसरी जहाँहोस हामी नेपालीको लामो छुट्टी आफ्नै सस्कृति परम्परा अनुसार रमाइलो गर्ने चाड हो — दसैँ।
दसैँ — भन्नासाथ अभैm पनि धेरै जसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन । र, त्यही अनुसार तयारी समेत गर्दछन् । पहिलापहिला वर्ष भरि मिठो परिकार खानपाउनेको संख्या कम हुन्थ्यो र नयाँ लुगा किन्न पनि दसैँ नै कुनुपर्ने हुन्थ्यो । तर समयान्तर संगै अहिले लुगा पनि जहिल्यै किनेर लगाउन सकिन्छ भने खानेकुराको उपलव्धता र पहुँच पनि केही हदसम्म वर्षैभरि हुनथाल्यो ।lekhak
दसैँमा विभिन्न मासुका परिकार, अण्डा, दुध—दही, मिठाई, फलपूmल, च्याउ, पनिर, आइस क्रीम, केक आदिइत्यादि सबै तयार गरिन्छ । अनि विदामा रमाइलो गर्नुपर्छ भन्दै बिहानैदेखि खाना पकाउने र खाने कार्यक्रम शुरु हुन्छ । चिल्ला मासुका परिकारसँगै विभिन्न किसिमका रक्सीहरु पिउने पनि धेरै हुन्छन् । वियर, वाइन, व्हिस्किीले अहिलेको समाजमा राम्रै पकड जमाई सकेको छ । कहिल्यै रक्सी नपिउनेले पनि यो दशैंमा त पिउनु पर्छ भन्दै शुरु गर्छन । कोही, दसैँ त हो भन्दै विभिन्न महंगा विदेशी रक्सीहरु भित्र्याउन थाल्छन । कतिपयले त मदिरा नै उपहार दिने र लिने गर्छन । अरु समयमा भन्दा दशैमा अत्याधिक नै रक्सीको खपत हुन्छ । जुन स्वास्थ्यका दृष्टिकोणले निकै नराम्रो हो ।
यसका साथै तास खेल्ने, फिल्म हेर्ने, कम्प्युटर, मोवाइलमा गेम खेल्ने, इन्टरनेट, सोसयिल मेडियामा व्यस्तहुने पनि अलि धेरै नै हुन्छ । यी कार्यहरुले हामीलाई खाना अत्याधिक र व्यायाम कम गराउछ । र सजिलै तौल वढाउन मद्धत गर्छ ।
दसैँमा हामी ६ हजार देखि ७ हजार क्यालोरी एकै दिनमा खान्छौँ । तर केही पनि कसरत नगरी बसीबसी खायौं भने त २ हजार क्यालोरी पनि खर्च हुँदैन । अनि त्यो ४ हजार देखि ५ हजार बढी क्यालोरी के गर्ने? क्यालोरी भन्नाले खानामा पाइने कार्वाेहाइड्रेट, प्रोटिन, चिल्लो खाद्यान्नवाट प्राप्तहुने शक्ति हो । १ ग्राम कार्वाेहाइड्रेट वाप्रोटिनले ४ क्यालोरी दिन्छ भने १ ग्राम चिल्लोले ९ क्यालोरी दिन्छ । १ ग्राम रक्सी पियौं भने ७ क्यालोरी पाइन्छ भने ३३० एम एल कोक पियौं भने १४० क्यालोरी शक्ति पाइन्छ ।
ति क्यालोरी प्रदान गर्ने मासु, दुध—दही, मिठाई, पनिर वा एनिमल फ्याट (वोसो) राम्ररी प्रयोग हुनपाएन भने त्यो हाम्रो कलेजोमा वा रक्तनलीमा जम्न थाल्छ । रक्तनलीको चिल्लो पदार्थ वढ्दै जाँदा रक्तनलीवन्द हुने खतरा हुन्छ र हृदयाघात, मष्तिाष्काघात हुने खतरा हुन्छ । अतः दसैँमा रमाइलो गर्नुपर्छ, खानुपर्छ — तर आवश्यकता अनुसार मात्र । सबैभन्दा महत्वपूर्ण कुरा भनेको खाना अनुसार व्यायाम यथेष्ट गर्नुपर्छ । व्यायाम गर्नु पनि त्यती सहज त कहाँ छ र ।

दसैँमा व्यायामको लागि यसो गरौँ
धेरै जसो विहान मन्दिर त दर्शन गर्न गईनै हाल्छन् — त्यो समयमा गाडी, मोटरसाइकल प्रयोग नगरि विहान २÷३ घण्टा हिडेर सबै ठाउँमा पुग्यौ भने साथीभाई परिवारजनसंग गफगर्दै हिड्दा रमाइलो पनि हुन्छ, व्यायाम पनि ।
घरमा बसेर खाना बनाउने गफिने वेलामा पनि मेचमा सोफामा बस्नुको सट्टा उभी—उभी नै सबै काम ग¥यो भने अर्काे नदेखिने व्यायाम हुन्छ ।
तास खेल्ने, टि.भी हेर्ने भन्दा घर आगन मै व्याड मिन्टन खेल्ने, टेवल टेनिस खेल्ने, वल खेल्ने भयो भने अर्काे व्यायाम हुन्छ ।
कतिपय ठाउँ आपूm पहिले कहिल्यै गएको छैन भने यो विदामा त्यो ठाउँ पैदल नै किन नपुग्ने — ३÷४ घण्टा पैदलै गएर विभिन्न नौलो ठाउँ वा आपूmलाई मनपर्ने ठाउँको रमाइलो वटुल्यौ भने व्यायाम पनि भयो रमाइलो पनि ।
वेलुका पनि खाना पश्चात एक घण्टा सपरिवार नै घर वाहिर पैदल घुमेर आयौ भने अर्काे आनन्द लिन सकिन्छ ।
बालबालिकालाई पनि सकेसम्म शारिरिक व्यायाम हुने खेलहरुमा समावेश गराऔँ । पूmटसल, साइक्लिङ्ग, क्रिकेट, दौड वा अन्य कुनै । दशंैमा वाहिर धेरै नै मोटर गाडिहरु नगुड्ने हुनाले पैदलयात्रासंग संगै, साइक्लिङ, जगिङ, रनिङ पनि पनि उत्तिकै सम्भव भएको हुनाले यो दशैमा काठमाडौंवासीले किन रिङ्गरोड पुरै साइक्लिङ्ग नगर्ने ? वा स्वस्यम्भु देखि पशुपतिसम्म किन रनिङ्ग नगर्ने ? वा सबै देवीको मन्दिर पैदलै किन नभ्याउने ? वा नारायणथान, गोदावरी, टोखा, गोकर्ण, चोभार आदिइत्यादि ठाउँ किन पैदलै अनुभव नगर्ने ? काठमाडौं वाहिरकाले पनि आफ्नो ठाँउको रमाइलोपना किन पैदलै डुलेर नगर्ने ?
जसरी भएपनि आफ्नो शरीरलाई एकैठाँउमा मात्र नराखेर चलायमान राख्यौ भने हामीले अरु ३ हजार क्यालोरी जत्ति प्रयोग गर्न पाउछौ । त्यसैले यो दशै रमाइलो गरी मनाउने वेला खानाको साथै हिड्ने कामलाई पनि तिव्रता दिन सक्यौ भने दशै मंगलमय हुनाको साथै स्वास्थकर पनि हुन सक्छ ।