अफगानस्तिान, २२ असोज । पूर्वी अफगानिस्तानको नान्र्गाहार प्रान्तमा शुक्रबार राति भएको हवाई आक्रमणमा ९ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।
अफगानिस्तानको नान्र्गाहार प्रान्तको आचिन जिल्लाको बन्दार गाउँमा लुकेर बसेका आतङ्ककारीलक्षित हवाई आक्रमणमा नौ इस्लामिक स्टे«ट ९आइएस० समर्थित अतिवादीहरु मारिएका छन् । dead
यस आक्रमणको क्रममा सशस्त्र आतङ्ककारी समूहको एक सवारी साधनसमेत ध्वस्त भएको बताइएको छ ।
हवाई आक्रमणको क्रममा सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको प्रांन्तीय सरकारका प्रवक्ता आत्तुल्ललाह खोगीआनीले बताएका छन् ।
नान्र्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालबाद अफगानिस्तानको राजधानी काबूलबाट १२० किलोमिटर पूर्वमा पर्दछ । रासस÷सिन्ह्वा