टीकाको दिनसम्म नै मौसम खुल्ने सम्भावना छैन : मौसमविद

काठमाडौं, असोज २३ । दसैँको टीकाको दिनसम्म नै नेपालको मौसम बदली हुने मौसमविदले अनुमान गरेका छन् ।
भारतको पश्चिम बंगाल र आन्द्रा प्रदेश आसपासमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले टीकाको दिनसम्म नै मौसम खुल्ने सम्भावना नभएको मौसमविद समिर श्रेष्ठले बताए । उनका अनुसार दिउँसो एकैछिन खुलेपनि बेलुकीपख फेरि बदली भइ हल्का पानी पर्छ ।
सामान्यतया जुन १० तारिखमा सुरु भएको मनसुन सेम्टेम्बर २३ तारिखमा सकिन्छ । तर केही वर्षयता एक हप्ता लम्बिएको मनसुन यो वर्ष झण्डै दुई हप्ता लम्बिएको छ । सकिने बेलामा न्यूनचापिय क्षेत्र बनेकाले मनसुन लम्बिएको मौसमविद श्रेष्ठले बताए ।
उहाँका अनुसार पूर्वी वायु कमजोर भएपछि मनसुन पनि सकिन्छ । तर अझै पनि पूर्वी वायु बहिरहेको छ । तर अहिले धेरै ठाउँमा पानी परिरहेपछि अझै केही दिन लम्बिने अनुमान गरिएको हो । weather