कञ्चनपुर, असोज २३ । घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ । rr
घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको हो ।
छोरालाई विद्यालयबाट घर पु¥याएर चौधरी खेतमा धानका मुठा बाँध्न भनी हिँडेपछि बेपत्ता भएका थिए । प्रहरीले चौधरीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।} else {