इन्डोनेसियामा डुङ्गा पल्टिँदा सात वेपत्ता

जाकार्ता, असोज २२ । इन्डोनेसियाको एक नदीमा शनिबार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा परी सात किशोर वेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
वेपत्ता भएका ती व्यक्तिहरु मारिएका हुन सक्ने समेत आशङ्का गरिएको छ। ‘इस्लामिस्ट बोडिङ्ग स्कूल’का २५ जना किशोर बिद्यार्थीहरु सवार रहेका सो डुङ्गा बेङगवान सोलो नदीमा पल्टेको बताइएको छ ।
डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेका हुनाले दुर्घटना भएको अधिकारीहरुले आशङ्का गरेका छन् ।
वेपत्ता भएका विद्यार्थीहरु १२ देखि १९ बर्षसम्मका रहेका छन् । यस दुर्घटनबाट १८ जना यात्रुलाई भने उद्धार गरिएको स्थानीय प्रकोप व्यवस्थान अधिकारी सुप्रापटोले बताएका छन् ।indonesia
खराव मौसमको कारण उद्धारकार्यमा समेत कठिनाई परेको बताइएको छ । इन्डोनेसियामा जलक्षेत्रमा चल्ने यातायातको सुरक्षा व्यवस्थानमा कमि रहेका हुनाले यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको पाइन्छ ।
गत महिना पनि बाली द्वीपमा भएको एक डु्ङ्गा दुर्घटनामा दुई विदेशीसहित १८ को मृत्यु भएको थियो । रासस ÷एएफपी