दसैँको अवसरमा नुवाकोटमा बृहत्त साँस्कृतिक कार्यक्रम

नुवाकोट असोज २३ । नुवाकोटको विदुर नगरपालिका ९, भ्यागुतेमा वृहत्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
युवा क्लवको आयोजनामा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित कार्यक्रम विदुर नगरपालिका भित्रै रहेर पनि विकास निर्माणदेखि विभिन्न पक्षहरुमा पछाडी गर्दै आएको भ्यागुते, थापागाउँको उत्थान र प्रवद्र्धनका लागि गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नयाँ शक्ति, नेपाल नुवाकोटका संयोजक कृष्ण कुर्इँकेलले पुराना राजनीतिक शक्तिहरुका कारण नगरपालिका भित्रै भएर पनि थापागाउँ पछाडी परेको बताए । उनले राजनीतिक दलले नागरिकलाई मत मागे पछि वास्ता नगर्ने परम्पराका कारण विपन्न समुदाय र भुगोल पछाडी पर्दै आएको बताए । साथै थापा गाउँ युवा क्लवले आफ्नो भवन बनाउने प्रक्रिया सुरु गर्नुपर्ने र समुदायलाई एउटै मालामा उन्नका लागि क्लव सक्रिय रहन कुईकेललेले आग्रह गरे । क्लवको भवन निर्माणकालागि छानो छाउने जस्ता पार्टीको तर्फबाट सहयोग गर्ने उनले बताए ।nu nu1 nu2
कार्यक्रममा ध्रुव तामाङ, शैलेश शाही, सन्दिप स्याम्चेन, हरिजंग पाण्डे, श्रीकृष्ण थापामगर, लवराज रानामगर लगायतले आफ्नो सांगितिक प्रस्तुती राखेका थिए । सो अवसरमा स्थानीय कलाकारहरुको बेजोड नृत्य समेटिएको थियो ।
कार्यक्रममा नयाँ शक्ति नुवाकोटका सचिवालय सदस्य एवम् प्रेस सोसाइटी नेपालका नुवाकोट संयोजक कपिलदेव खनाल, समाजबादी जनता दल नुवाकोटका अध्यक्ष विष्णुबहादुर थापामगर, नुवाकोट जिल्ला अदालत मेलमिलापक केन्द्रका मेलमिलापकर्ता चन्द्रबहादुर थापामगर, प्रेस सोसाइटी नुवाकोटका सदस्य हरी बोगटी लगायतले शुभकामना आदान प्रदान गरेका थिए ।
शुभकामना प्रदान गर्नेहरुमा नेपाल मगरविद्यार्थी संघका जिल्ला अध्यक्ष रणबहादुर थापामगर, क्लवका कोषाध्यक्ष रामकाजी थापामगर, बागभैरम प्राविका शिक्षक रोजिना मिजार, त्रिशुली कलेज स्ववियुको सह–सचिव जस्वन थापामगर लगायत थिए ।
युवा क्वलले समुदायमा निरन्तर रुपमा अतुलनिय योगदान गर्ने तीन जनलाई सम्मान गरेको थियो । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै क्लवले ८५ वर्षे खड्गबहादुर थापामगर, ८० वर्षे कर्णबहादुर थापा मगर र ८७ वर्षेया बलबहादुर थापामगरलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।