जहाँ हनिमुन मनाए बापत ७० लाख पाइन्छ

honey1एजेन्सी । यदि तपाईको भर्खरै बिहे भएको छ र हनिमुनको बारेमा सोचिरहनु भएको छ भने एउटा मौका नगुमाउनुहोस्ण् । किनकी हामी तपाईलाई एउटा यस्तो अफरको बारेमा बताउछौँ जुन सुन्दा मात्र पनि अचम्म लाग्छ । अब अफरबारे चर्चा गरौं । कुनै पनि हनिमुन मनाउन गएका जोडीलाई एउटा होटलले ७० लाख रुपैँया गिफ्ट दिन्छ ।
इजरायलमा येह्दा नाम गरेको एक प्रतिष्ठित होटलले बेला बेलामा ग्राहकका लागि नयाँ नयाँ अफरहरु ल्याउने गरेको छ । यस पटक पनि उसले एक नयाँ अफर ल्याएको छ । उक्त अफर अनुसार, होटलले आउने ग्राहकहरुका लागि ७० रुपैँया गिफ्टको रुपमा दिनेछ । तर यसका पनि केही शर्तहरु छन् ।honey
उक्त शर्त अनुसार यदि येह्दा होटलमा आएका जोडीले उनीहरुले तय गरेकै दिन बच्चा जन्माउँछन् भने उक्त रकम पाउछन् । साथै होटलले पुरस्कार जित्ने जोडीको पुरा खर्च पनि बेहोर्ने छ ।honey2