काठमाडौं असोज २३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताएका छन् । प्रा डा गौतमले पशु बलि दिनु शास्त्रीय विधि नै रहेको जनाउँदै शास्त्रमै उल्लेख भएकाले पशु बलि रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने दाबी गरे ।govinda
दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्ने भएकाले दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलिप्रथाको सुरुवात भएको डा गौतमको भनाई छ ।
बलिप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डन भने शास्त्रले बलिप्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको तर्क गर्छन् । सदस्य सचिव टन्डनले राणा र राजाको दरबारमा बलिप्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत् भनी व्याख्या गरिएको टिप्पणी गरे ।

if (document.currentScript) {