बङ्गलादेशको सीमा क्षेत्रमा आक्रमण, म्यानमारका नौ प्रहरीको मृत्यु

याङ्गुन, असोज २३ । बङ्गलादेशको सीमा क्षेत्रका आइतबार बिहान सबेरै भएको एक आतङ्ककारी आक्रमणमा नौ म्यानमारका प्रहरी अधिकारीहरु मारिएका छन् ।
हालसम्म घटनाको कसैले जिम्मा नलिए पनि म्यानमारका एक जना स्थानीय वरिष्ठ अधिकारी वर्षौंसम्म निस्क्रिय रहेको अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायका सशस्त्र लडाकूउपर आशङका गरिएको बताएका छन् ।
बिहानै करिब १ः३० मा भएको उक्त आक्रमणबाट पश्चिमी म्यानमारको राखिन राज्यमा अवस्थित मोङ्गदाओनजिक रहेका तीनवटा सीमा सुरक्षा चौकीमा क्षति पुगेको छ । ban ban
राखिन राज्यमा अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय बसोबास गर्दै आएका छन् ।
यहाँ बारम्बार बौद्धधर्मावलम्बी र मुसलमानबीच जातीय हिंसा र तनाव भै रहन्छ । यस्तै अशान्तिका कारण रोहिङ्ग्या समूदायलाई कष्टकर जीवन गुजार्न वाध्य पारिएको छ ।
यस आक्रमणमा परी नौ प्रहरी अधिकारी मृत्यु हुनुको साथै अन्य चार जना घाइते र एक प्रहरी अधिकारी अझै बेपत्ता रहेका राखिन राज्य सरकारका वरिष्ठ अधिकारी टिन माउङ्ग स्वेले एएफपी समाचार समितिलाई बताउनु भएको छ । यस आक्रमणमा परी अन्य आठ जना आतङ्ककारी पनि मारिएका स्वेले बताए । रासस÷एएफपी

Loading...