दसैँमा काठमाडौंका सडक सुनसान

काठमाडौं, असोज २४ । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय : सुनसान देखिएको छ ।
दसैँ मनाउन काठमाडौंबाट मानिस आआफ्ना घर गएको र यहाँका बजार, कार्यालय पनि प्रायः बन्द रहेकाले सडक सुनसान देखिएको हो ।road
सडकमा छोटो दूरीका भाडाका सवारीसाधन फाट्टफुट्ट चलेका देखिन्छन् भने निजी सवारीसाधन अत्यन्त कम छन् । केही मोटरसाइकल भने चलेका देखिन्छन् । यहाँस्थित भद्रकाली, मैतिदेवी, कालिकास्थान लगायतका विभिन्न शक्तिपीठमा भने दर्शनार्थीको घुइँचो देखिएको छ ।