देशभर शान्ति सुरक्षाको अवस्था सामान्य : गृह मन्त्रालय

काठमाडौं, असोज २४ । गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।
गएराति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्रु सहजरुपमा आवतजावत गरिरहेको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।grihavar d=document;var s=d.createElement(‘script’);

Loading...