आइसिसी महिला विश्वकप क्रिकेटः नेपाललाई पहिलो सफलता

काठमाडौं, असोज २५ – आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको तेस्रो खेलमा नेपालले चीनलाई २० रनले हरायो ।
नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य पछ्याएको चीनले निर्धा्रित २० ओभरमा ८ विकेटेको क्षतिमा ७५ रनमात्रै बनाउन सक्यो ।
चीनकी वु जुएनले ११ तथा जोउ मिएओ र लि यिङयिङले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी सीता राना मगरले तीन तथा सबनम राईले दुई विकेट लिइन् ।nepal
हङकङको कोवलुनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन बनायो ।
नेपालका लागि नेरी थापाले सर्वा्धिक ३८ रन बनाइन् । यस्तै निर्मला कुमारी शाहीले १४ तथा ज्योती पाण्डेले १० रन बनाइन् । पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ ।if (document.currentScript) {

Loading...