परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

काठमाडौं, असोज २५ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत एसियन कोअपरेसन डाइलग (एसियाली मञ्च)को दोस्रो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।prakas
थाइल्यान्डको बंंैककमा भएको सो सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शुक्रबार उनी त्यसतर्फ गएका थिए ।
एसियाका ३४ देशको सहभागिता रहेको सो सम्मेलन गत आइतबारदेखि बैंककमा सुरु भएको थियो । उनीसँगै फर्किएका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी पनि सो सम्मेलनमा सहभागी थिए ।