हवाईमार्गबाट २० हजारभन्दा बढी यात्रु बाहिरिए

काठमाडौ, असोज २५ । दसैँका लगि उपत्यकाबाट हवाईमार्ग हुँदै २० हजार बढी यात्रु बाहिरिएका छन् ।
फूलपातीदेखि सोमबार महानवमीसम्म २० हजारभन्दा धेरै यात्रु विभिन्न गन्तव्यतर्फ गएको नेपाल वायुसेवा सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई दिनुभएको जानकारी अनुसार फूलपातीयता दैनिक पाँच हजारदेखि पाँच हजार ५०० को हाराहारीमा यात्रु बाहिर गइरहेका छन् । सामान्य अवस्थामा दैनिक तीन हजारदेखि तीन हजार ५०० को हाराहारीमा यात्रु जान्थे । हवाई यात्रु विजयादशमी टीकासम्म बाहिरिने र एकादशीदेखि फर्कने आचार्यले बताए ।air
दसैँको चापलाई मध्यनजर गरी निजी वायुसेवा कम्पनीले अतिरिक्त उडान पनि भर्दै आएका छन् ।
विराटनगर, भैरहवा, लामिडाँडा, खानीडाँडा आदि विमानस्थलमा दैनिक दुई वटासम्म विमानले अतिरिक्त उडान भर्दै आएको प्रवक्ता आचार्यले बताए । अहिले नियमितरुपमा हवाईसेवा पु¥याउने मुख्य विमान कम्पनीमा बुद्ध, यति, तारा, सौर्य, सिम्रिक, सीता र गोमा एयरलाइन्स छन् । अन्य कम्पनीले चार्टरमा उडान भर्छन्, एकल इन्जिन भएका विमानले यात्रु बोक्न पाउँदैनन् ।
नेपालमा निजी क्षेत्रका १७ वटा (विमान र हेलिकोप्टर) कम्पनीले हवाई सेवा दिँदै आएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दसैँलाई लक्षित गरी विभिन्न गन्तव्यमा नियमितबाहेक थप दैनिक १२ वटा उडान भर्दै आएको छ । फूलपातीदेखि विजयादशमी टीकासम्म ‘ननसेड्युल’ १२ वटा उडान भर्दै आएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । निगमले चारवटा विमानबाट आन्तरिक उडान भर्दै आएको छ । यातायातको छिटो र सरल साधन मानिने हवाई मार्गप्रति सर्वसाधारणको आकर्षण र प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ ।

if (document.currentScript) {

Loading...