काठमाडौं, असोज २५ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले विजया दशमीको शुभकामना दिँदै दसैँको टीका लगाउँदा दिइने आशीर्वाद समयानुकल परिमार्जन गर्न प्रस्ताव गरेका छन् ।
dr-baburam-bhattarai-350x262पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले आफ्नो फेसबुक पेजमा शुभकामना दिँदै टीका लगाउँदा मान्यजनले पुरुषलाई दिने आर्शीवाद ‘आर्यु द्रोण सुते श्रेयम दशरथे… विज्ञान विदूरे, भवन्तु भवताम्, कीर्तिस्च नारायणे’ तथा महिलालाई दिइने आर्शीवाद ‘ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी…’लाई बदलिएको समय अनुसार परिमार्जन र समान गर्न प्रस्ताव गर्नुभएको हो ।
उनले युग फेरिको तथा महिला र पुरुषमा भिन्नता नरहेकाले आर्शीवाद पनि समान गर्नु पर्ने प्रस्ताव गरेका हुन् ।