टीका नलगाएरै मनाए प्रधानमन्त्रीले दसैँ, देउवालाई जूठो

काठमाडौं असोज २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् ।
उनले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएको उनका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाएनन् ।
सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाएको उनका सहयोगी भानु देउवाले बताए । prachanda