पूर्वराजा ज्ञानन्द्रले लगाइदिए कमल थापालाई दसैँको टिका, ज्ञानेन्द्र र थापाबीच चल्यो कानेखुसी

काठमाडौँ, असोज २५ । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिएका छन् ।
निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका थिए ।

In this photo posted by Rastriya Prajatantra Party-Nepal Chairman Kamal Thapa on his Twitter, former King Gyanendra Shah is offering Dashain Tika to him, on Tuesday, October 11, 2016.

टीका लगाउन मध्याह्नदेखिनै निर्मल निवासमा भीड लागेको थियो । टिक थाप्नका लागि पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो ।
सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाएका थिए । त्यसक्रममा उनीबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

}

Loading...