काठमाडौं, असोज ३० –  निर्धारित मितिमा नवीकरण नगर्दा खारेजी र नवीकरण दुवैवाट बञ्चित भएका व्यापारिक फर्महरुले एक पटकका लागि नवीकरणको मौका पाउने भएका छन् ।

सरकारलै कानुनी त्रुटि सच्याउँदै ०७४ असार मसन्तसम्म नवीकरण गर्न पाउनसक्ने व्यवस्था गरेको छ ।

नवीकरणका लागि व्यापारिक फर्मले बअ २ प्रकारका जरिवाना सरकारको राजश्वमा जम्मा गर्नुपर्ने आजको कारोबार दैनिकले जनाएको छ ।

सरकारले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली २०३४ को नियम १० संशोधन गर्दै नवीकरणको म्याद एक वर्ष नाघेका व्यापारिक र्फमलै एक पटकका लागि नवीकरणको मौका दिएको हो ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);