अधिकृतदेखि खरिदार सम्म खुल्यो सरकारी जागिर

काठमाडौं असोज ३० । निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् । आज छुट्टा छुट्टै विज्ञापन प्रकाशित गर्दै दुबैं निकायले पदपूर्तिका लागि आवदेन मागेका छन् ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, बरिष्ठ कम्प्युटर सहायक लगायतका पदमा कोषले आवदेन मागेको छ । पदअनुसार शैक्षिक योग्यता फरक फरक तय गरिएको छ ।job
यसैगरी घरेलु तथा साना उद्योग विकास समितिले पनि विभिन्न १२ पदमा जागिर खुलाएको छ । निर्देशक, उपनिर्देशक, बरिष्ठ अधिकृत, शाखा अधिकृत, लेखा अधिकृत र लेखापला पदमा समितिले पदपूर्तिको लागि आवेदन मागेको हो ।