सात गाविसमा एउटै मात्र माध्यमिक विद्यालय

गोरखा, असोज ३० । उत्तरी गोरखाका सात गाविसमा एउटै मात्र माध्यमिक विद्यालय सञ्चालनमा छ ।
तिव्बतसँग सिमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, बिही, छेकम्पार, चुम्चेत र सिर्दिवास गाविसका विद्यार्थी सिर्दिवासस्थित फिलिममा रहेको बुद्ध आवासीय मावि पढन जान्छन् तर सबै विद्यार्थीलाई आवासीय सुविधा दिन नसक्दा बीचैमा कक्षा छाड्ने समस्या बढेको छ ।
विद्यालयले टाढाका विद्यार्थीलाई आवासीय सुविधामा प्राथमिकता दिइएको छ । भूकम्पले क्षति पु¥याए पनि विद्यालयको छात्राबास मर्मत नहुँदा जोखिम रहेको छ । छात्राबास मर्मत गर्न तथा विद्यालय पुनः निर्माणमा बजेटको अभाव हुँदै आएको छ । विद्यार्थी सङ्ख्या बढे पनि आवासीय कोटा थप गर्न नसक्दा पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले यस शैक्षिकसत्रदेखि १५० विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिए ।gorkha
यसअघि सो विद्यालयमा एक सय २० विद्यार्थीले आवासीय सुविधा पाएका थिए । विद्यालयमा करिब तीन सय विद्यार्थी पढ्छन् भने आवासीय सुविधा नपाएका विद्यार्थी स्थानीयवासीको घरमा डेरा गरी बस्छन् ।
यसैवीच जिल्ला शिक्षा कार्यालयले विद्यालय शिक्षा बीचैमा छाडेर गुम्बामा पढ्न गएका विद्यार्थीलाई पुनः बिद्यालय शिक्षातर्फ आकर्षित गराउने भएको छ । दुर्गम भेगमा आवासीय सुविधासहित विद्यालय सञ्चालन गरी विद्यार्थीलाई पुनः विद्यालय फर्काउने तयारी गरिएको सुवेदीले बताउनुभयो । खाजा, खानालगायत सेवासुविधा पाएपछि विद्यार्थीहरु गुम्बामा पढ्न गएकाले विद्यालय सुनसानजस्तै भएको थियो ।
हिमाली गाविस बिही, प्रोक, ल्हो र सामागाउँमा पनि यस वर्षदेखि आवासीय विद्यालय सञ्चालन गर्ने कार्यालयको तयारी छ । छेकम्पार र चुम्चेत गाविसका विद्यार्थीलाई आवासीय सुविधा दिन हालै छेकम्पारको बुद्ध प्राविलाई आवासीय बनाइएको छ । २५ बालबालिकालाई आवासीय सुविधा दिन छाया नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा पाँचकोठे भवन निर्माण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक छिरिङफुञ्जो लामाका अनुसार विद्यालयमा ३२ जना विद्यार्थी भए पनि २५ जना छात्राबासमा बसेर पढ्न पाएका छन् । प्रोकको नु्रबी प्रावि, ल्हो गाविसको ल्हो प्रावि, सामागाउँको गौरीशङ्कर निमावि, भवानी मावि मान्वुलगायत विद्यालयमा आवासीय कोटा थप गरिएको हो । ल्हो प्राविमा ५५, गौरीशङ्करमा २० र भवानी माविमा ३० जनाका लागि आवासीय कोटा थप गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

if (document.currentScript) {

Loading...