खुल्यो मिस इ–कलेजका लागि आवेदन फारम

काठमाडौं असोज ३० । विगत ७ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडिया प्रा.लि.ले मिस ई–कलेज २०१६ को सातौैँ संस्करणका लागि आवेदन फारम खुल्ला गरेको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर गर्दे प्रतियोगिताको आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताए । कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उनले जानकारी दिए । miss-ecollege-2015-winners-1
विगत ७ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक साँस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो सातौँ चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो । उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।
उक्त कार्यक्रममा सहभागीताका लागि मंसिर पहिलो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिने जनाइएको छ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा पुषको द्रोस्रो साता राजधानीमा सम्पर्न हुने छ ।
प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१६” कोे ताज उपाधि सहित एकलाख ७५ हजार रुपैयाँ पर्ने स्कुटर र उच्च शिक्षामो छात्रावृत्ति पाउनुका साथै अन्य आकर्षक उपहार पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल तथा विभिन्न उपहार तथा छात्रावृत्ति पाउने छन् ।
यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनोट गरीने वन्तले बताए ।}

Loading...