सिभिल बैंक स्क्वास मंगलबारदेखि

काठमाडौं, असोज ३० । विश्व स्क्वास दिवसको अवसरमा चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा ८५ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा बेलायतको ब्रिटिस गोर्खाका १० खेलाडी रहने छन् ।1

पुरुष सिंगल्समा ३५, महिला सिंगल्समा १८ तथा भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा १६ खेलाडीले भाग लिने छन् । त्यस्तै जुनियर ब्वाइजको यु–१३ र यु–१९ मा समान ८–८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यु–१३ र यु–१९ विधा यसपटकदेखि थपिएको हो ।
पुरुषमा अरहान्तकेशर सिं, महिलामा भावना सुनुवार तथा भेट्रान्समा सुदीपबहादुर सिंह डिफेन्डिङ च्याम्पियन हुन् ।
भेट्रान्समा बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ६५ हजार रुपैयाँ रहेको छ । यो रकम गत वर्षको भन्दा झन्दै दोब्बर भएको स्क्वास संघका महासचिव सुरेश गुरुङले जानकारी गराए । सिभिल बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने अध्यक्ष महर्जनले जानकारी गराए । प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुनेछ । प्रतियोगिता विश्व स्क्वास दिवसका दिन शनिबार सम्पन्न हुनेछ । संघले यो वर्ष आयोजना गर्न लागेको यो प्रतियोगिता तेश्रो हो ।