काठमाडौं– नेपाल विद्युत प्राधिकरणले मुलुककै एकमात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सार्वजनिक गरेपनि कायान्वयनको भने सुरसार देखिएको छैन ।

उर्जा संकट न्यूनीकरणका लागि भन्दै एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित भएको हो ।

प्राधिकरण व्यवस्थापनाले विगतमा विश्व बैंकलाई पत्र लेखेरै आयोजना अघि बढाउने तयारी गरे पनि हाल भने त्यसै सेलाएको छ । विश्वका धेरै जलाशययुक्त आयोजनामाथि सोलार बनाइए पनि नेपालमा भने यो नौलो अवधारणा हो ।

प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले कुलेखानी जलाशययुक्त आयोजनामाथि सोलार बनाउने योजना अघि बढ्न नसकेको स्वीकार गरे । आजको कारोबार दैनिकमा खबर छ ।