प्रचण्ड नेतृत्वको सरकार तिहार अघि नै बिस्तार हुने, चार मन्त्री र १० राज्यमन्त्री थप्ने तयारी

काठमाडौं, कात्तिक १ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार तिहार अघि नै बिस्तार हुने भएको छ । चार राज्यमन्त्रीसहित ३४ सदस्यीय मन्त्रिपरिषदमा अब कम्तिमा चार मन्त्री र १० राज्यमन्त्री थप्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड गोवाबाट फर्किए लगत्तै मन्त्रिपरिषद विस्तारका लागि सत्तारुढ दलबीच छलफल हुने नेताहरुले बताएका छन् । अहिलेको तयारी अनुसार प्रचण्ड मन्त्रिपरिषद ४४ सदस्यीय हुनेछ । यसअघिको केपी ओली नेतृत्वको सरकार ४१ सदस्यीय थियो ।
प्रधानमन्त्री प्रचण्डले जम्बो मन्त्रिमण्डलको दोष बोक्नुपर्ने भन्दै राज्यमन्त्रीको संख्या घटाउन कांग्रेसलाई आग्रह गरेका छन् ।
हाल कांग्रेसका एक उपप्रधानमन्त्रीसहित १५ जना मन्त्री छन् भने माओवादी केन्द्रका प्रधानमन्त्री र एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र चार जना राज्यमन्त्री छन् । त्यस्तै राप्रपाका २ र नेकपा संयुक्तका एक जना मन्त्री छन् । राप्रपाले समेत आफ्ना दुवै मन्त्रालयमा राज्यमन्त्री मागेको छ । प्रधानमन्त्रीले एक राज्यमन्त्री दिने आश्वासन दिएको राप्रपा स्रोतले जनाएको छ ।
यसअघिनै चार राज्यमन्त्री पाइसकेको माओवादीले भने अब राज्यमन्त्री थप्ने छैन । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले दुई मन्त्री र एक राज्यमन्त्री दाबी गरेको छ ।prachanda

राज्य मन्त्रीमा क कसको सम्भावना ?
कांग्रेसले ८ राज्यमन्त्री दावी गरे पनि प्रधानमन्त्री प्रचण्ड ७ भन्दा बढि दिने पक्षमा छैनन् । रामचन्द्र पौडेल पक्षबाट जीवन परियार, सरिता प्रसाई र सुरेन्द्र आचार्यको सम्भावना छ ।
त्यस्तै देउवा पक्षबाट अब्दुल रज्जक, रामहरि खतिवडा, दिलिप गच्छदार, आङटावा शेर्पा, सिताराम मेहता, सुवर्ण ज्वारचन लगायतको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।
राप्रपाबाट राज्यमन्त्रीमा परशुराम तामाङ र राज्यलक्ष्मी श्रेष्ठमध्ये एकले राज्यमन्त्री पाउने सम्भावना रहेकोे छ ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...