काठमाडौं कात्तिक १ । श्रीलङकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ । कात्तिक ३ देखि ७ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुनेछ ।

प्रतियोगितामा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा पौडी प्रमुख प्रशिक्षक ओङ्गदेन लामा र टिम व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य पारश श्रेष्ठ रहेका छन् । jjjj
प्रतियोगितामा नितेशले ५० र १०० मिटर फ्रिस्टायल, २०० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोक, देवेशले ५०, १००, २०० र ४०० मि. फ्रिस्टायल, ५० मि बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्ले, अनुभवले ५०, १०० र ४०० मि. फ्रिस्टायल, १०० मि. बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै सुभमले ५० मि. फ्रिस्टायल, ५०, १०० र २०० मि. ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बिदाइ गरे । टोली मंगलबार श्रीलंका जाँदैछ ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);