चीनले प्रक्षेपण गर्यो अन्तरिक्ष यात्रीसहितको यान

अमेरिका र रुसपछि आफ्नै अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने चीन तेस्रो देश बनेको छ ।

काठमाडौं कात्तिक १ । चीनले दईजना अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान शेनजू–११ प्रक्षेपण गरेको छ ।

गोवी मरुभूमिमा बनाइएको जियोचुयान स्याटलाइट लन्च सेन्टरबाट सोमबार बिहान शेनजू–११ प्रक्षेपण गरिएको हो । अमेरिका र रुसपछि आफ्नै अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने चीन तेस्रो देश बनेको छ ।china
अन्तरिक्ष यानमा ४९ वर्षका जिंग हैपेंग र ३७ वर्षका चेन डोंग अन्तरिक्षमा गएका हुन् । हैपेंगले यसअघि पनि दुईपटक अन्तरिक्षको यात्रा गरिसकेका छन् । दुवैजना अबको एक महिनासम्म अन्तरिक्ष प्रयोगशाला थियानगोंग–२ मा बस्नेछन् । यो कुनै पनि चिनियाँ अन्तरिक्ष यात्रीको सबैभन्दा लामो अन्तरिक्ष बसाइ हुनेछ ।
यस अभियानको उद्देश्य चन्द्रमा तथा मंगल ग्रहका लागि अन्तरिक्ष यात्री पठाउने सम्भावना पत्ता लगाउनु रहेको छ । झण्डै तीन वर्ष पहिले चीनको रोवर मिशन, जेर्ड याबिट रोबोट चन्द्रमाको सतहमा सफल अवतरण गरिसकेको छ ।}

Loading...