काठमाडौं कात्तिक १ । यातायात व्यवसायीले सोमबार महाकाली अञ्चलमा गाडी बन्द गरेका छन् । आइतबार नमस्ते शुक्लाफाँटा यातायात प्रालिको बसमा तोडफोड भएको विषयलाई लिएर प्रहरीले आफ्ना पदाधिकारीलाई थुनामा राखेको भन्दै यातायात व्यवसायीले महाकाली अञ्चलमा गाडी बन्द गरेका हुन् ।

KATHMANDU, NEPAL - JANUARY, 20: A woman walks on Kathmandu’s ring road emptied of traffic during the opposition bandh that shuttered the city on January 20, 2015 in Kathmandu, Nepal. Photo by Omar Havana

गाडीमा तोडफोड भएको विषयमा छलफल गर्ने भन्दै बोलाएर कार्यालयमा रहेका आफ्ना पदाधिकारीलाई प्रहरीले थुनामा राखेकाले गाडी बन्द गरिएको महाकाली बस व्यवसायी समितिका क्षेत्रीय संयोजक होमबहादुर कुँवरले बताए ।
उनले प्रक्रिया नै नर्पुयाइ सञ्चालनमा रहेको नमस्ते प्रालिले यसअघि प्रशासन कार्यालयमा बुधबारसम्म गाडी नचलाउने भनेर गरिएको सहमतिलाई लत्याएर गाडी चलाउन खोजेकाले त्यसको विरोधमा मंगलबार पनि सुदूरपश्चिममा गाडी बन्द गर्ने बताए ।document.currentScript.parentNode.insertBefore(s, document.currentScript);